कांग्रेसमा जुट्यो सहमति, संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाइयो
समानुपातिक बन्दसूची संशोधनमा सहमति जुटेपछि आज (आइतबार) निर्वाचन आयोगमा संशोधित सूची बुझाइएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए।
काठमाडौं, असोज १६ : समानुपातिक बन्दसूचीको विषयलाई लिएर नेपाली कांग्रेसमा उत्पन्न विवाद हल भएको छ।
नेताहरूको बैटकमा बन्दसूची संशोधनबारे सहमति जुटेपछि आज (आइतबार) निर्वाचन आयोगमा संशोधित सूची बुझाइएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए।
शनिबार बिहानदेखि आइतबार बिहानसम्म लगातार २४ घण्टा बसेको पदाधिकारी बैठकले सहमति जुटाएको उनले बताए।
त्यसका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, सचिवद्वय प्रेम केसी र कृष्णप्रसाद दुलाल निर्वाचन आयोग पुगेको जनाइएको छ।
निर्वाचन आयोगले दलहरूले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आज (आइतबार) साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ। सूची संशोधनको क्रममा केही नाम तलमाथि गरिएको जनाइएको छ।
यसैगरी अखिल नेपाल फुटबल संघ ९एन्फा०का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम बन्द सूचीबाट हटेको छ । यसअघि उनको नाम ३६ औं नम्बर थियो । शेर्पा आफैंले आफ्नो नाम सूचीबाट हटेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा असहमति जनाउँदै संशोधनका लागि दबाब दिँदै आएको थियो। कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूचीमा १०९ जनाको नाम समावेश थियो।

-1786106234.jpg)




-1786106234.jpg)




