Kathmandu Press

दसैंघरमा भित्र्याउन गोरखाबाट फुलपाती काठमाडौं पठाइयो

फुलपाती पठाउन आइतबार बिहान गोरखा दरबारका सुसारेहरुले अमराई, ठूलो वनलगायतका जंगलबाट नौ प्रकारका प्रजातिका फूल र पाति संकलन गरेर फुलपाती काठमाडौं पठाइएको हो।
दसैंघरमा भित्र्याउन गोरखाबाट फुलपाती काठमाडौं पठाइयो

काठमाडाैं, असाेज १६ : काठमाडौंस्थित हनुमाढोका दसैंघरमा भित्र्याउन फुलपाती गोरखाबाट पठाइएको छ ।

फुलपाती पठाउन आइतबार बिहान गोरखा दरबारका सुसारेहरुले अमराई, ठूलो वनलगायतका जंगलबाट नौ प्रकारका प्रजातिका फूल र पाति संकलन गरेर फुलपाती काठमाडौं पठाइएको हो।

परम्परलाई निरन्तरता दिँदै गोरखा दरबारबाट फूलपाती काठमाडौंस्थित हनुमानढोका पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए ।

गोरखा दरबारको फूलपाती हनुमानढोका पुगेपछि दसैंको रौनक बढ्ने र दसैं भित्रियो भन्ने प्रचलन छ । बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमार्फत मोटरबाटो भएर फूलपाती काठमाडौंस्थित हनुमानढोका पठाइएको हो ।

पृथ्वीनारायण शाहले राज्य विस्तारसँगै राजधानी सारेपछि गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन सुरु भएको मानिन्छ । पुर्ख्यौली थलोको कुल देवतामा चढाइने फूलपाती हनुमानढोकको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाह वंशीय राजाहरुले नै सुरु गरेको अग्रजहरु बताउँछन् ।

आइतबार बिहान धिमेवाजा, फूलपातीको डोली लावालस्करसहित हर्षोल्लासका साथ गोरखाबाट फूलपाती पठाइएको छ ।

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्