अर्घामा पोखरीमा डुबेर २७ बाँदर मरे
सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताए।
अर्घाखाँची, असोज १६ : अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन्।
सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताए। पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुन सक्ने स्थानीयको आशङ्का छ।
पोखरी जङ्गलको बीचमा रहेका कारण बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ। जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीका रोहवरमा व्यवस्थापन गरिएको छ।
प्रकाशित मिति: ११:५१ बजे, आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




