आमा र काकाको हत्या आरोपमा पक्राउ

झापा, असोज १६ : कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन्।
शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। हत्यापछि खुकुर लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।
पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
प्रकाशित मिति: ११:४० बजे, आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




