Kathmandu Press

लुम्बिनीमा विवेकशील साझालाई धक्का, प्रदेश समितिका पदाधिकारीले दिए सामूहिक राजिनामा

समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगर लगायत सबै समिति खारेज गरेको पनि उल्लेख गरेको छ ।
लुम्बिनीमा विवेकशील साझालाई धक्का, प्रदेश समितिका पदाधिकारीले दिए सामूहिक राजिनामा

बुटबल, असाेज १६ : लुम्बिनी प्रदेशमा विवेकशील साझा पार्टीलाई ठूलो धक्का लागेको छ । विवकेशील साझाको लुम्बिनी प्रदेश समितिका अधिकांश पदाधाकारीले आइतबार सामूहिक राजिनामा दिएका छन्।

तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगर लगायत सबै समिति खारेज गरेको पनि उल्लेख गरेको छ ।

‘विचार भन्दा माथि देश’ दस्तावेज पार्टीका नेताहरुले छलफल नै नगरी खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले बताए ।

प्रदेश समिति संयोजक अनुपमान सैंजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रवक्ता केशवराज खनाल, कोषाध्यक्ष डा. अमित केसी लगायत ३१ जनाले राजीनामा दिएका छन् ।

राजीनामा दिएकामध्ये अधिकांश राप्रपामा जाने तयारीमा रहेको एक पदाधिकारीले बताए ।

प्रकाशित मिति: ०९:३४ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्