इन्डोनेसियामा फुटबलमा भड्कियो हिंसा, १२९ जनाको मृत्यु, १८० घाइते

जाकर्ता, असाेज १६ : एसियन मुलुक इन्डोनेसियामा फुटबल खेल भइरहेको वेला हिंसा भड्किएको छ। इन्डोनेसियन लिग अन्तर्गत शनिबार राति भएको अर्माया र पेर्सेबायाबीचको खेलका क्रमा हिंसा भड्किँदा १२९ जनाको मृत्यु भएको हो।
सो हिंसात्मक झडपमा परी १८० जना घाइते भको इन्डोनेसियन पुलिसले जनाएको छ। प्रहरीका अनुसार ३४ जनाको घटनास्थलमै र ९५ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
घरेलु मैदानमा अर्मेया एफसी पेर्सिबाया सुरबायासँग ३-२ ले पराजित भएपछि आक्रोशित घरेलु समर्थकले हुलदंगा गरेपछि समर्थक बीच झडप भएको थियो।
हिंसा भड्किँदा समर्थकबीच कुटाकुट भए पनि प्रहरी र सशस्त्र प्रहरी बलले खेलाडीलाई सुरक्षित रूपमा मैदानबाट बाहिर निकालेको थियो ।


प्रकाशित मिति: ०८:५९ बजे, आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




