दसैंको शुभकामना दिँदै प्रचण्डले भने- प्रतिगमत विरोधी शक्तिलाई मत हाल्नुस्
प्रचण्डले संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि प्रतिगमन विरोधी शक्तिलाई मत दिइ विजयी गराउन अनुरोध गरे ।
काठमाडाैं, असाेज १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालीहरुको महान चाड दसैं, तिहार, छठको शुभकामना दिएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले विजयादशमी तथा शुभ दिपावलीको शुभकामना दिँदै संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि प्रतिगमन विरोधी शक्तिलाई मत दिइ विजयी गराउन अनुरोध गरे ।
‘सांस्कृतिक पर्वहरुको श्रृङ्खलाभित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौँ। आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
साथै उनले सबै प्रमुख चाडहरुको आआफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु भएको उल्लेख गर्दै देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन्।

-1786106234.jpg)




-1786106234.jpg)




