Kathmandu Press

ब्राइटनसँग रोकियो लिभरपुल, क्रिस्टल प्यालेसमाथि चेल्सीको जित

शनिबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्था अवस्थामा लिभरपुल ब्राइनटसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।
ब्राइटनसँग रोकियो लिभरपुल, क्रिस्टल प्यालेसमाथि चेल्सीको जित

काठमाडाैं, असाेज १६ : जारी सिजन खराब प्रदर्शन गरिरहेको लिभपुलले शनिबर राति सोही प्रदर्शनलाई निरन्तरता थियो । शनिबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्था अवस्थामा लिभरपुल ब्राइनटसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।

खेलमा लिभरपुलका  रोबर्टो फिर्मिन्होले दुई गोल गर्दा एक गोल आत्मघाती भयो। ब्राइटनका लिन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरे ।

खेलको चौथो मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाए । १७ औं मिनेटमा ट्रोसार्डले ब्राइटनका अग्रता दोब्बर बनाए।

३३ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए। ५४औं मिनेटमा फिर्मिन्होले खेललाई २-२ को बराबरीमा ल्याए ।

६३ औं मिनेटमा ब्राइटनका एडम वेब्स्टरले आत्मघाती गोल गरेपछि लिभरपुल ३-२ ले अघि बढ्यो । ८३ औं मिनेटमा ट्रोसार्डले ह्याट्रिक पूरा गर्दै ब्राइटनलाई ३-३ गोलको बराबरीमा ल्याए ।

Fd_yNznXEAAGAky1664676371.jpeg

यस्तै, शनिबर राति नै भएका खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि उसकै माथि उसकै मैदानमा २-१को जित निकाल्यो। खेलमा चेल्सीका लागि पिर्रे अमेरिक औबामियाङ र कर्नर काल्घरले गोल गर्दा क्रिस्टल प्यालेसका ओसाने इडवार्डले गोल गरे।

सातौं मिनेटमा इडवार्डले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुआती अग्रता दिलाए। ३८औं मिनेटमा औबामियाङले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि ९०औं मिनेटमा काल्घरले गोल गर्दै चेल्सीलाई जित दिलाए।

यो नतिजासँगै ७ खेलमा १० अंक जोडेको लिभरपुल नवौं स्थानमा छ भने ब्राइटन समान खेलबाट १४ अंकका साथ चौथो स्थानमा छ । चेल्सी १३ अंकसहित पाँचौं स्थानमा छ।

प्रकाशित मिति: ०७:४६ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्