Kathmandu Press

नर्थ लन्डन डर्बीमा आर्सनलको सान

इमिरेट्स स्टेडियमाम आर्सनललाई जित दिलाउन थोमस पार्टे, ग्याब्रिअल जिसस र ग्रानिट जाकाले गोल गरे। टोटनहमा ह्यारी केनले गोल गरेका थिए।
नर्थ लन्डन डर्बीमा आर्सनलको सान

काठमाडाैं, असाेज १६ : इंग्लिस प्रियिमर लिग अन्तर्गतको नर्थ लन्डन डर्बीमा आर्सनल विजयी भएको भएको छ। शनिबार राति भएको आर्सनलले टोटनहममाथि ३(१को जित निकाल्यो।

इमिरेट्स स्टेडियमाम आर्सनललाई जित दिलाउन थोमस पार्टे, ग्याब्रिअल जिसस र ग्रानिट जाकाले गोल गरे। टोटनहमा ह्यारी केनले गोल गरेका थिए।

२०औं मिनेटमा पार्टेको गोलमा आर्सनलले सुरुआती अग्रता लियो। ३१औं मिनेटमा टोटनहमले बराबरी गोल फर्कायो। उनले पेनाल्टीमा गोल गरेका थिए।

४९औं मिनेटमा जिससले गोल गर्दै खेलमा आर्सनललाई पुनः अग्रता दिलाए। ६७औं मिनेटमा जाकाले गोल गरेपछि आर्सनल ३(१ले विजयी भयो।

यो जितसँगै आर्सनलले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। उसको ८ खेलमा २१ अंक छ । यता, एक खेल कम खेलेको सिटीको १७ अंक छ। टोटनहम १७ अंकसहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति: ०७:०३ बजे, आइतबार, असोज १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्