Kathmandu Press

माओवादी केन्द्र प्रवेश गर्ने तयारीमा इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर चौधरी

माओवादी केन्द्र प्रवेश गर्ने तयारीमा इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर चौधरी

काठमाडाैं : इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। माओवादी केन्द्रले प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी पार्टी प्रवेश गर्ने भएका हुन्।
शनिबार काठमाडाैं आएका उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्ने भएका छन।

चौधरीले टिकट पाउने वा नपाउने विषय असोज २३ गते थाहा हुने बताउँदै माओवादी केन्द्र प्रवेश गर्ने निर्णयमा पुगेको बताए।

उनी सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् । थारु बाहुल्य क्षेत्र रहेकाले उनलाई टिकट दिन माओवादी केन्द्र तयार भइसकेको छ । पार्टी नेतृत्व टिकट दिन तयार भएपछि चौधरी पार्टी प्रवेश गर्न सहमत भएका हुन।

चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति: २०:४९ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्