Kathmandu Press

बलात्कारकाे झुठाे जाहेरी दिएकाे आराेपमा एक महिला पक्राउ

बलात्कारकाे झुठाे जाहेरी दिएकाे आराेपमा एक महिला पक्राउ

काठमाडाैं : बलात्कारको झुटो आरोप लगाएर जाहेरी दिएकाे भन्दै प्रहरीले एक महिलालाई पक्राउ गरेकाे छ।
नवलपरासीको वर्दघाट चिसापानी घर भएर हाल काठमाडौंको जडिबुटी बस्दे आएकी ३४ वर्षीया महिलाई प्रहरीले पक्राउ गरेकाे छ।

प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनि प्रहरी वृत्त थिमीमा जाहेरी दिएकी थिइन्।

तर उक्त निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको फेला परेको उनले बताए।

घटनाको बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: १८:१८ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्