दाङमा बस दुर्घटना हुँदा ३४ जना घाइते

दाङ : दाङकाे घोराही उपमहानगरपालिका-३ मा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन।
शनिबार दिउँसो सवा ३ बजे भैंसीबगाउने खोला नजिकै बस दुर्घटना हुँदा ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।
रा १ ख १८४५ नम्बरको बस घोराही-लमही सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
बस चालकको अवस्था गम्भीर छ। उनी लगायत घाइतेको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
उनीहरूको उपचार भइरहेको छ।
प्रकाशित मिति: १७:२३ बजे, शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




