६ वर्षपछि आमसभा सम्बाेधन गर्न मलेठ पुगे ओली

काठमाडाैं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सप्तरी पुगेका छन। शनिबार जिल्लाको कंचनरुप नगरपालिकामा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न ओली सप्तरीकाे मलेठ पुगेका हुन् ।
यसअघि उनी २०७३ फागुन २३ गते एमालेको मेची महाकाली अभियान अन्तर्गतको कार्यक्रमका लागि सप्तरी गएका थिए। मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेले अभियानको कार्यक्रम गर्न खोज्दा तत्कालिन मधेशी मोर्चाले अवरोध गरेको थियो। मोर्चाको अवरोधकाबीच एमालेले कार्यक्रम गर्दा एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीचको झडप रोक्न खटिएको प्रहरीले गोली चलाएकाे थियाे। जसमा पाँच जनाकाे मृत्यु भएकाे थियाे। उक्त घटनाकाे पाँच वर्षपछि ओली मलेठ पुगेका हुन।
आमसभामा बिभिन्न पार्टीका नेताहरु प्रवेश गर्ने कार्यक्रमसमेत रहेको एमाले, सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: १७:१९ बजे, शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




