उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्नेमा जाेड
शनिबार काठमाडौंमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरुले उपभोक्ता अधिकारको बिषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन्।
काठमाडाैं, असाेज १५ : सरोकारवालाहरुले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरुले उपभोक्ता अधिकारको बिषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन्।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले अहिलो उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको भन्दै दुई निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिए।
उनले निस्वार्थ रुपमा दुवै पक्षले काम गर्नुपर्ने बताउनुभयो। बास्कोटाले आफ्नो अधिकारका लागि स्वयं आमउपभोक्ता पनि सजक हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले मुलुकको बजार अस्वस्थ रहेकाले यसलाई स्वस्थ्य बनाउन गम्भीर भएर अधिकारकर्मीहरु अघि बढ्नुपर्ने धारणा राखे।

-1786106234.jpg)

-1786106234.jpg)