Kathmandu Press

भियतनाम जाने यु-१७ फुटबल टोलीकाे बिदाइ

एन्फाले शनिबार एएफसी यू–१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गरेको हो।
भियतनाम जाने यु-१७ फुटबल टोलीकाे बिदाइ

काठमाडाैं, असाेज १५ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यु-१७ फुटबल टोलीलाई बिदाइ गरेको छ।

एन्फाले शनिबार एएफसी यू–१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गरेको हो। एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरे।

नेपाली टोली भोलि आइतबार त्यसतर्फ प्रस्थान गर्ने छन्। बिदाइ कार्यक्रममा एन्फा उपाध्याक्ष खड्काले आफ्नो भविष्य निर्माणका लागि गम्भीर र अनुशासित भएर खेल प्रदर्शन गर्न सुझाव दिए। उहाले एन्फामा बिगतदेखि रहेको समस्या छिटै समाधान हुने प्रतिबद्धता जनाए।

समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन्।  
 

प्रकाशित मिति: १५:१७ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्