दसैं मान्न घर फर्कनेको भिड
शनिबारबाट दसैंको बिदा सुरु भएसँगै घर फर्कनेको संख्या बढेको काठमाडौं ट्राफिक कार्यालयले जनाएको छ।
काठमाडाैं, असाेज १५ : दसैं मनाउन काठमाडौंबाट घर फर्कनेको संख्या बढेको छ।
शनिबारबाट दसैंको बिदा सुरु भएसँगै घर फर्कनेको संख्या बढेको काठमाडौं ट्राफिक कार्यालयले जनाएको छ।
विभिन्न कामका साथै पठनपाठनका लागि काठमाडौंमा बसेकाहरु अधिकांश दशैमा घर फर्कने गरेका छन्।
काठमाडौंको कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानमा घर फर्कनेहरुको भिड लागेको थियो।
उनीहरुले सहज रुपमा सवारी साधान नपाएको गुनासो समेत गरेका छन्। सरकारले दशैमा सार्वजनिक सवारीको रुट परमिट समेत खुला गरेको छ।




प्रकाशित मिति: १४:४५ बजे, शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




