Kathmandu Press

धादिङको नीलकण्ठमा ट्रक दुर्घटना, एक जनाको मृत्यु, सात घाइते

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनीष तामाङले बताए।
धादिङको नीलकण्ठमा ट्रक दुर्घटना, एक जनाको मृत्यु, सात घाइते

धादिङ, असाेज १५ : धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन्।

कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए। मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन। 

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनीष तामाङले बताए।

दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई  उद्धार गरी धादिङ अस्पताल पठाएका थिए।  घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था सामान्य छ। 

प्रकाशित मिति: १४:२० बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्