क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदीबन्दी फरार
फरार भएका कैदीमा राजकुमार हेमरम र बन्दीमा मञ्जिल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
विराटनगर, असोज १५ : क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भई उपचाररत दुई कैदीबन्दी फरार भएका छन्।
फरार भएका कैदीमा राजकुमार हेमरम र बन्दीमा मञ्जिल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जिल्ला कारागार झापामा कैदीबन्दी जीवन बिताउँदै आइरहेका उनीहरूलाई क्षयरोग देखिएपछि एक जनालाई भदौ र एक जनालाई असारबाट विराटनगरस्थित उक्त संस्थामा भर्ना गरिएको थियो।
जिल्ला कारागार मोरङका अनुसार उनीहरु आज (शनिबार) बिहान फरार भएका हुन्। फरार ती कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
लापरबाही देखिएको भन्दै सुरक्षामा खटिएका प्रहरीमाथि पनि आन्तरिक रूपमा छानबिन भइरहेको बताए।
जिल्ला कारागार मोरङका अनुसार झापा गाउँपालिका–५ का बासिन्दा हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन्। उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो।
झापा गाउँपालिका–३ का गुरुङ भने लागूऔषध मुद्दामा पुर्पक्षका लगि थुनामा थिए। जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

-1786106234.jpg)




-1786106234.jpg)




