उपराष्ट्रपति पुनले गरे सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना
बिरामी भएर अस्पताल भर्ना भएका जोशीलाई भेट्न उपराष्ट्रपति पुन शनिबार बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेका थिए।
काठमाडौं, असोज १५ : उपराष्ट्रपति नन्दबहादुर पुनले शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
बिरामी भएर अस्पताल भर्ना भएका जोशीलाई भेट्न उपराष्ट्रपति पुन शनिबार बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेका थिए।
पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।
चिकित्सकहरुले उपराष्ट्रपति पुनलाई जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए। जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरे ।
‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, उपराष्ट्रपति पुनले जोशीलाई भने ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ।’
डेंगु संक्रमणसँगै अन्य समस्याले गर्दा जोशी किष्ट मेडिकल अस्पताल भइ उपचार गराइरहेका छन्।

-1786106234.jpg)




-1786106234.jpg)




