Kathmandu Press

सल्यान दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज ल्याइयो 

सल्यान दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज ल्याइयो 

काठमाडौं,असोज १५ : सल्यानमा जीप दुर्घटना हुँदा गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ। 

दुर्घटनामा घाइते भएका १७ जनामध्ये गम्भीर घाइते भएका ५ जनालाई जिल्ला अस्पताल सल्यानबाट नेपालगञ्ज रेफर गरिएको हो ।

गम्भीर घाइते हुनेहरुमा जीप चालक अर्जुन बुढामगर, भूमि पुन, जङ्गबहादुर पुन, अनिता पुन र उनका ६ वर्षका छोरा जीवन पुन रहेका प्रहरीले जनाएको छ । 

अन्य १२ जनाको जिल्ला अस्पताल सल्यान र जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । 

आज बिहान सल्यानको कुमाख गाउँपालिका–७ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप जिमालीमा दुर्घटना भएको हो।दुर्घटनामा १४ वर्षका एनका पुन र ३९ वर्षका मानबहादुर पुनको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२:११ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्