सन्दीप लामिछाने २० गते नेपाल आएर आत्मसमर्पण गर्ने

काठमाडौं, असोज १५ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल आइपुग्ने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत लामिछानेले नेपाल आएर आत्मसमर्पण गर्ने बताएका हुन् । उनले आफूमाथि लागेका झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।
'बलियो आशा र शक्तिका साथ म अक्टोबर ६ मा गृह देश नेपाल आइपुग्दै छु,' उनले भनेका छन्, 'नेपाल आएर झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्नेछु।'
उनले आफू निर्दोष रहेको न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । साथै उनले आफूमाथि निष्पक्ष व्यवहार हुने विश्वास गरेका छन् ।
प्रकाशित मिति: ११:१६ बजे, शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




