Kathmandu Press

सल्यानमा जिप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, १७ घाइते

रा१ज ५९८ नम्बरको जिप शनिबार बिहान पौने ७ बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा परेको हो। उक्त जिप दर्शनार्थी बोकेर सल्यानको खैराबाङ मन्दिरतर्फ जाँदै थियो।
सल्यानमा जिप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, १७ घाइते

सल्यान, असोज १५ : सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा १७ जना घाइते भएका छन्।

रा१ज ५९८ नम्बरको जिप शनिबार बिहान पौने ७ बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा परेको हो। उक्त जिप दर्शनार्थी बोकेर सल्यानको खैराबाङ मन्दिरतर्फ जाँदै थियो।

दुर्घटनमा परी मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको हो। घाइतेको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको प्रहरीले जनाएको छ।

जिप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। गत बुधवार मात्रै सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा नौजनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १०:३४ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्