कसरी सुरक्षित बनाउने दसैंको यात्रा ?
दसैंमा राजधानी कठमाडौंबाट मानिसहरू जिल्लाफर्किने भएकाले सवारीसाधनको चाप राजमार्गमा अझ बढी हुन्छ। सडकमा जति यात्रु र सवारीसाधनको चाप बढ्यो त्यति नै बढी दुर्घटनाको जोखिम बढी हुन्छ।
काठमाडौं, असोज १५ : एउटा भनाइ छ– हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ। यो भनाइलाई सबैले मनन गर्नु जरुरी छ, अझ चाडपर्वका बेला त यो भनाइलाई झनै आत्मसात् गुर्न जरुरी छ।
तुलनात्मक रूपमा चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढी हुन्छ। सवारीसाधनको क्षमताभन्दा बढी यात्रु र मालसामान कोच्याउने पनि गरिन्छ। सवारी चालक र यात्रु सबैमा चाडपर्वको उल्लासले उमंगित बनाइरहेको हुन्छ। सानातिना कुरामा कसैको ध्यान नपुगिरहँदा अप्रिय घटना निम्तिन सक्छ।
दसैंमा राजधानी कठमाडौंबाट मानिसहरू जिल्लाफर्किने भएकाले सवारीसाधनको चाप राजमार्गमा अझ बढी हुन्छ। सडकमा जति यात्रु र सवारीसाधनको चाप बढ्यो त्यति नै बढी दुर्घटनाको जोखिम बढी हुन्छ।
चाडपजर्वका समयमा सकेसम्म सबै क्षेत्रबाट सुरक्षाको उपाय अपनाउनु अपरिहार्य हुन्छ। ट्राफिक प्रहरी, स्वयंसेवक, यात्रु, सवारी चालक तथा सम्बन्धित निकायले सडक सुरक्षाबारे विशेष ध्यान दिनैपर्छ।
चाडपर्वका समयमा सबैभन्दासडक दुर्घटना बढी भइरहेका हुन्छन्। यो चुनौतीको सामना गर्न सरकारी निकाय र सरोकारवाला निकायबीच समन्वय तथा हातेमालो आवश्यक छ। नेपालका सडकहरु जोखिमपूर्ण छन्। अझै पहाडी क्षेत्रका सडकको अवस्था अझै बढी जोखिमपूर्ण छ। किनभने नेपालका सडकहरू आफैंमा जोखिमयुक्त छन्। ग्रामीण सडकहरुमा त झन् पहिरो आउने, भासिने, चिप्लिने जोखिम अझ बढी हुने गर्छ ।
चाडपर्वका समयमा सडक दुर्घटना कम गर्न लामो दूरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन गरिएको छ कि छैन भन्नेमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ। चालकहरुले पैसा कमाउने सिजन भन्दै घन्टौंसम्म सवारी चलाउने गरेका हुन्छन्। चालकको निद्रा र थकानका कारणले पनि सडक दुर्घटना हुनसक्छ।
नेपालका अधिकांश दुर्घटना चालकका कारण भन्दा पनि सडकका कारण हुने गरेका छन्। अर्को कुरा नेपालका अधिकांश सडकहरु स्थानीयहरुले बनाएका सडकहरु हुन्। त्यसैले सवारीसाधनको चाप धेरै हुनेबित्तिकै सडक भत्किने र दुर्घटना बढ्ने सम्भावना प्रबल हुने गर्दछ।
मादक पदार्थ सेवन (मापसे), तीव्र गति, सहचालकलाई चलाउन दिने प्रवृत्ति आदि कारणले पनि सडक दुर्घटना निम्तिने गरेका छन्। चालक तथा सहचालकबाट त्यस्ता गतिविधि भइरहेको पाइए यात्रुले पनि सम्झाउनुपर्छ। अटेर गरे प्रहरीलाई पनि खबर गर्न पछि पर्नुहुँदैन। किनभने जीवन अमूल्य छ। चालक तथा सहचालकको लापरबाही मात्र होइन, कसहलेकाहीँ यात्रुको मौनता या बेवास्ता पनि गाडी दुर्घटनाका कारण बन्न सक्छ, सडकको अवस्थिति र मौसमी परिस्थिति त छँदैछन्।
सवारी दुर्घटना निराकरणको कल्पना नगरिए पनि सबै पक्ष जिम्मेवार भएर लागेको खण्डमा त्यसलाई न्यूनीकरण भने गर्न सकिन्छ ।

-1786106234.jpg)




-1786106234.jpg)




