Kathmandu Press

दसैंमा नवमीदेखि द्वादशीसम्म पानी पर्ने सम्भावना, टीकाको दिन केही स्थानमा भारी वर्षा हुने

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् असोज १५ गते भए पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको विभागको भनाइ छ।
दसैंमा नवमीदेखि द्वादशीसम्म पानी पर्ने सम्भावना, टीकाको दिन केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, असोज १५ : यस वर्ष दसैंको नवमीदेखि द्वादशीसम्म पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको दसैं विशेष मौसम बुलेटिनमा असोज १८ गते नवमीका दिन केही स्थानमा मध्यम खालको वर्षा हुने जानकारी दिइएको छ।

‘हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा मिति २०७९ असोज १८ देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको छ,’ बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमीतर्फ सर्दै जाने क्रममा रहेकाले त्यसको असर नेपालमा पनि पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको छ। पश्चिम नेपालका केही स्थानमा भने अति भारी वर्षाको सम्भावनासमेत छ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् असोज १५ गते भए पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको विभागको भनाइ छ।

बुलेटिनमा उल्लेख भएअनुसार असोज १८ गते नवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, वाग्मती र गण्डकी प्रदेशहरूका केही जिल्लामा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १९ गते दशैंको टीकाको दिन त भने केही स्थानमा अति भारी वर्षाको सम्भावना छ। बुलेटिनमा लेखिए अनुसार असोज १९ गते देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा अति भारी वर्षा हुनेछ।

असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।

प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, असोज १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्