Kathmandu Press

प्रदेश नं १ को नाम किराँत राख्न माग

प्रदेश नं १ को नाम किराँत राख्न माग

काठमाडाैं : किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ। यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले जानकारी दिए। महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो।

महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि ल्याइने प्रतिवद्धता पत्रमा पनि यो विषय पार्न राजनीतिक दलसँग यायोक्खाले माग गरेको छ। किराँत राई समूदायको मातृभाषामा पढाइ हुँदै आएका पुुस्तक किराँत सिरिजङ्गा लिपिमा परिणत गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ।

भाषा आयोगले प्रदेश नं १ को सरकारी कामकाजको भाषा वक्ता सङ्ख्याको आधारमा सिफारिस गर्दा यायोक्खाका मागप्रति गम्भीर बेवास्ता भएको भन्दै राई मातृ भाषामध्ये कम्तीमा दुई वटा राई जातिभित्रका भाषा प्रदेश तहमा र स्थानीय तह (नगरपाललिका, गाउँपालिकार वडा) समेतमा किराँत राई मातृभाषा सरकारी काम काजी भाषाको रूपमा प्रयोग र प्रचलनमा ल्याउन पनि महाधिवशेन प्रस्ताव गरेको छ।

किराँत राई मातृ भाषाका रुपमा पठनपाठन हुने विद्यालयमा विषय शिक्षकको व्यवस्था गर्नुपर्ने माग पनि तीन तहका सरकारसँग यायोक्खाले राखेको छ।

प्रकाशित मिति: २०:५३ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्