प्रदेश योजना आयोगको गाडीले जेब्राक्रसिङमै पैदलयात्री दियाे ठक्कर

काठमाडाैं : लुम्बिनी प्रदेश योजना आयोगको गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको छ।
प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री सवार बा २ झ ३०८५ नम्बरको सरकारी गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको हो।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको क्षेत्री सवार उक्त गाडीले तिलोत्तमा नगरपालिकास्थित ड्राइभर टोलमा ट्राफिक लाइटसमेत रातो बलेको अवस्थामा जेब्राक्रसिङबाट बाटो पार गरिरहेका स्थानीय छविलाल अधिकारीलाई ठक्कर दिएको हो।
गाडीको ठक्करबाट आफ्नो खुट्टामा चोट लागे पनि उपाध्यक्ष क्षेत्रीले 'आँखा हेरर हिँड्न सक्दैनस्' भन्दै आफूलाई हकारेको अधिकारीले बताए।
‘पहिलो कुरा त म सिग्नल पाएपछि जेब्राक्रसिङमा हिँडेको थिएँ, दोस्रो उहाँको गाडीले ट्राफिक लाइटमा रातो बत्ती बलेको बेला आएर ठक्कर दिएको छ। आफ्नै गल्तीमा पनि मलाई गाली गरेर हिँड्नुभयो,’ घाइते अधिकारीले भने।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार क्षेत्री सवार गाडी सडक लेन मिचेर सबभन्दा दायाँको लेनमा पुगेको थियो।

-1786106234.jpg)




-1786106234.jpg)




