Kathmandu Press

लाल मोहम्मदको हत्यामा संलग्न तीनजना सार्वजनिक 

घटनाका मुख्य सुटर भने अझै फेला पारेको छैनन् । पक्राउ परेका तीन जना सहयोगीको जानकारीको आधारमा मुख्य योजनाकारसम्म पुग्ने गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
लाल मोहम्मदको हत्यामा संलग्न तीनजना सार्वजनिक 

काठमाडौं, असोज १४ : प्रहरीले काठमाडौंको गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गर्ने तीन जनालाई पक्राउ गरेको छ । 

काठमाडौं प्रहरी परिसर शुक्रबार पत्रकार सम्मेलन गर्दै बिधि र प्रबिधिसमेतको सुक्ष्म प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रही फरार रहेका तीन जनालाई काठमाण्डौ उपत्यका लगायतका बिभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जानकारी दिएको छ। 

पक्राउ पर्नेमा पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरका सुमी भन्ने सुस्मिता स्याङताङ रहेका छन् । महोरम मियाँ र रेहान मियाँ घटनाको योजनाकार तथा हतियार ब्यवस्थापन तथा सुस्मिता स्याङताङले मृतकको गतिविधिको निगरानी गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए । 

उक्त घटनाको सम्बन्धमा पक्राउ परेका उपर ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूर’ मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भई रहेको बोहराले बताए। 

घटनाका मुख्य सुटर भने अझै फेला पारेको छैनन् । पक्राउ परेका तीन जना सहयोगीको जानकारीको आधारमा मुख्य योजनाकारसम्म पुग्ने गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्