काठमाडौं १ बाट रवीन्द्र मिश्रकाे उम्मेदवारी घाेषणा
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मिश्रले पार्टीको सहमतिमा हलो चिन्हका साथ काठमाडौं १ बाट उम्मेदवारी दिने निर्णय भएको बताएका हुन्।
काठमाडाैं, असाेज १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मिश्रले पार्टीको सहमतिमा हलो चिन्हका साथ काठमाडौं १ बाट उम्मेदवारी दिने निर्णय भएको बताएका हुन्।
उनले जनतमाझ जाँदा संवैधानिक राजसंस्थाको एजेन्डा लिएर जाने स्पष्ट पारे। उनले काठमाडौंमा देखिएको समस्याहरु महानगरसँग मिलेर समाधान गर्ने प्रतिबद्धता जनाए।
मिश्रले आफूलाई क्षेत्र नम्बर १ मा निर्वाचित गरे जनताले सोचेको भन्दा बढी काम गरेर देखाउने दाबी गरे।
पत्रकार सम्मेलनमा मिश्रले संविधान निर्माण गर्ने दलले नै सबैभन्दा बढी संविधानको उल्लंघन गरेको तर पूर्व राजा ज्ञानेन्द्रले सबभन्दा बढी संविधानको पालना गरेको तर्क गरे।
प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




