Kathmandu Press

सामाजिक सञ्जाल अनुगमन निर्वाचन आयोगको प्रेस अफिसबाट हुने

शुक्रबार आयोगमा प्रेस अफिस उद्घाटन गर्दै थपलियाले सामाजिक सञ्जालको अनुगमन विभिन्न ठाँउबाट गर्नुभन्दा पनि एकीकृत रुपमा प्रेस अफिस अफिसबाटै गरिने बताएका हुन्।
सामाजिक सञ्जाल अनुगमन निर्वाचन आयोगको प्रेस अफिसबाट हुने

काठमाडाैं, असाेज १४ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने काम आयोगको प्रेस अफिसबाट हुने बताएका छन्।

शुक्रबार आयोगमा प्रेस अफिस उद्घाटन गर्दै थपलियाले सामाजिक सञ्जालको अनुगमन विभिन्न ठाँउबाट गर्नुभन्दा पनि एकीकृत रुपमा प्रेस अफिस अफिसबाटै गरिने बताएका हुन्।

प्रेस अफिसमा नै सामाजिक सञ्जाल अनुगमन गर्न विभिन्न निकायका प्रतिनिधिहरुलाई राखिने उनले बताए। थपलियाले आमसञ्चार माध्यमको अनुगमन आम सञ्चार माध्यमले नै गर्दा राम्रो हुने भन्दै सञ्चार माध्यमका सामाग्रीलाई लिएर पत्र नकाट्ने स्पष्ट पारे।

यता आयोगले प्रेस अफिस उद्घाटन गरेसँगै नेपाल पत्रकार महासंघले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति जनाएको छ।

महासंघले शुक्रबार नै विज्ञप्ति जारी गर्दै निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्