Kathmandu Press

पार्टीभित्र ठुलो शुद्धीकरण अभियान चलाउनुपर्ने बेला आएको छ : गगन थापा

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले नेताहरु सत्तामा केन्द्रित भएका कारण पार्टीभित्र नै ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन्।
पार्टीभित्र ठुलो शुद्धीकरण अभियान चलाउनुपर्ने बेला आएको छ : गगन थापा

काठमाडाैं, असाेज १४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीभित्र ठुलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले नेताहरु सत्तामा केन्द्रित भएका कारण पार्टीभित्र नै ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन्।

त्यस्तै पार्टीलाई ठीक ठाउँमा ल्याउन आवश्यक परे विद्रोह समेत गर्नुपर्ने उनको भनाइ छ। थापाले पार्टीहरु निर्वाचनदेखि निर्वाचनसम्मको गोलचक्करमा फसेकाले यो मात्रै ठूलो कुरा नभएको जिकिर गरे।

पार्टीभित्र पनि असन्तुष्टि बढ्दै गएकाले नयाँ प्रकारको संघर्षको आवश्यकताको बोध हुन थालेको उनले बताए। कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई कांग्रेस प्रवेश गराइएको थियो।

प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, असोज १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्