माेरङमा धामी बस्न हिँडेका युवक मृत फेला
मृत भेटिएका ती युवक सुनवर्षी नगरपालिका–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव हुन्।
विराटनगर, असोज १४ : मोरङमा एक युवक मृत भेटिएका छन्। मृत भेटिएका ती युवक सुनवर्षी नगरपालिका–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव हुन्।
धामी बस्न भनेर बिहीबार साँझ उनी सोही नगरपालिकाको लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै घरबाट हिँडेका थिए। आज (शुक्रबार) बिहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनी मृत फेला परेका थिए।
प्रहरीका अनुसार मृतकको पेटमा ठुलो चोट लागेकाले छुरा प्रहारबाट गरी हत्या भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्। घटना शंकास्पद भएकाले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मृतक युवकले धामीझाँक्रीको काम गर्दै आइरहेका थिए। धामी बस्न बोलाइएका कारण बिहीबार उनी प्रदेश १–०२–०४४ प३२६१ नम्बरको मोटरसाइकल चढेर घरबाट हिँडे पनि लरीकट्टा पुगेको वा नपुगेको भन्ने पत्ता लाग्न नसकेको बताइएको छ।
शुक्रबार बिहान घरबाट पूर्वतर्फको भित्री सडकखण्डमा उनको मोटरसाइकल भेटिएको थियो। मोटरसाइकल भेटिएको स्थानबाट करिब १० मिटर दक्षिण सडकमा उनको शव फेला परेको थियो।

-1786106234.jpg)




-1786106234.jpg)




