पार्टी सत्ताको हतियार हुन लाग्यो, ठूलो विद्रोह गर्नुपर्ने बेला आयो : महामन्त्री थापा

काठमाडौं, असोज १४ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सत्ताको हतियार मात्र हुन लागेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले महामन्त्री थापाले पार्टीमा ठूलो शुद्धीकरणको अभियान नै चलाउनुपर्ने बेला आएको बताएका हुन् ।
उनले पार्टीमा चर्को असन्तुष्टि रहेको पनि बताए । ‘सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ,’ महामन्त्री थापाले भने, ‘अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको छ । यसको लागि युवाहरुको उपस्थितिले तागत बढाएको छ । युवाहरुलाई निराश बनाउँदिन ।’
उनले पार्टीमा शुद्धीकरणको अभियान चलाउन ठूलो विद्रोह गर्नुपर्ने बेला आएको पनि बताए । ‘नत्र त पार्टी मात्र सत्ताको हतियार हुनेभयो,’ उनले भने ।
प्रकाशित मिति: ११:५१ बजे, शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




