गठबन्धनका कारण मुलुक भयावह अवस्थामा : ओली
बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलेको बताएका हुन् । उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्वपूर्ण हुने धारणा राखे ।
काठमाडौं, असोज १३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन् ।
बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलेको बताएका हुन् । उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्वपूर्ण हुने धारणा राखे ।
अध्यक्ष ओलीले मुलुकको बिकासको गातिलाई अघि बढाउन र शान्ति शुव्यवस्था कायम गर्न एमाले बाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्ने उल्लेख गरे ।
उनले देशमा लोकतान्त्री प्रणालीलाई सुदृढ गर्ने, भष्टचार नियन्त्रण गरेर शुसासन कायम गर्ने र राष्ट्रियतालाई सुदृढ गर्ने लगाएतका प्रयासमा एमाले लागिरहेको बताए ।
कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी, लोसपा लगाएतका दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए ।

-1786106234.jpg)

-1786106234.jpg)