Kathmandu Press

डेंगु संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३८ पुग्याे

डेंगु संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३८ पुग्याे

काठमाडाैं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३८ पुगेकाे छ। पछिल्लाे २४ घण्टामा डेंगु संक्रमणबाट २ जनाकाे मृत्यु भएसँगै नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार बिहीबार थप ५४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै साउनयता संक्रमण हुनेको संख्या २८ हजार १०९ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार मुस्ताङबाहेक सबै जिल्लामा डेंगु देखिएको छ । त्यसमध्य सबैभन्दा धेरै संक्रमण काठमाडौं उपत्यकामा देखिएको छ ।

प्रदेश अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा तीन हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, असोज १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्