Kathmandu Press

त्रिशूली-गल्छी सडक खण्डको बुधसिङघाटमा सुख्खा पहिरो

त्रिशूली-गल्छी सडक खण्डको बुधसिङघाटमा सुख्खा पहिरो

काठमाडाैं : त्रिशूली-गल्छी सडक खण्डको बुधसिङघाटमा सुख्खा पहिरो खसेकाे छ। पहिराे खसेपछि यातायात सेवा अवरुद्ध भएको छ।

जिल्लाको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकाे छ।

पहिराेकाे कारण काठमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन्। नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन्। पहिरो सडकबाट खसेर त्रिशूली नदीसम्म पुगेको छ।

प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, असोज १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्