Kathmandu Press

टुन्जीले जितिन् मिस युनिभर्स २०१९ को उपाधि

काठमाडाैं, मंसिर २३ : मिस युनिभर्स २०१९ को उपाधि जोजेबिनी टुन्जीले जितेकी छिन्। साउथ अफ्रिकाकी जोजेबिनीले संसारका ९० सुन्दरीलाई पछि पार्दै उपाधि ....

टुन्जीले जितिन् मिस युनिभर्स २०१९ को उपाधि

काठमाडाैं, मंसिर २३ : मिस युनिभर्स २०१९ को उपाधि जोजेबिनी टुन्जीले जितेकी छिन्। साउथ अफ्रिकाकी जोजेबिनीले संसारका ९० सुन्दरीलाई पछि पार्दै उपाधि जितेकी हुन्।

सन् २०१८ को मिस युनिर्भसकी विजेता केटोरिना ग्रेले जोजेबिनीलाई यस वर्षको मिस युनिर्भसको ताज लगाइदिएकी थिइन्।

त्यस्तै, पोर्टो रिकोकी मेडिसन एन्डरसन फष्ट रनर अप बन्दा मेक्सिकोकी सोफिया आरागाँनले सेकेन्डे रनर अप बने। नेपालबाट प्रतिनिधित्व गरेकी प्रदीप्ता अधिकारी भने टप २० मै पुग्न असफल रहिन्।

टोस्लोबाट आएकी जोजेबिनीले लैङ्गिक भेदभावसँग सम्बन्धी  हिंसाविरुद्ध आवाज उठाउँदै आएकी छिन्। उनले केप पेनिनसुला युनिभर्सिटि अफ टेक्नोजी, इमेज म्यानेजमेन्ट र पब्लिक रिलेसनबाट ग्रेजुएसन गरेकी छिन्।
 

प्रकाशित मिति: १९:५७ बजे, सोमबार, मंसिर २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्