एमालेकाे सचिवालय बैठक जारी

काठमाडौं, असोज १३ : नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
अध्यक्ष ओलीले निकटस्थ नेताहरूसँग समेत परामर्श गरेर प्रतिनिधि सभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुङ्गाईसकिएको बताइएको छ ।
त्यस्तै एमालेले चुनावी घोषणापत्रलाई पनि अन्तिम रुप दिने तयारी गरेको छ । साउन २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा आठ सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो ।
प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




