पार्टीभित्र अवसर नदिए गाली गर्ने प्रवृत्ति देखियो : अध्यक्ष नेपाल
बिहीबार अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफुलाई अवसर दिए उचित र अरुलाई अवसर दिदा नकारात्मक रुपमा लिने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका हुन्।
काठमाडौं, असोज १३ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरुलाई गाली गर्ने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन्।
बिहीबार अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफुलाई अवसर दिए उचित र अरुलाई अवसर दिदा नकारात्मक रुपमा लिने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका हुन्।
अध्यक्ष नेपालले अन्य दलमा अवसर पाए हामफालीहाल्ने काम पनि नेपाली राजनीतिमा देखिएको जिकिर गरे । उनले बिधि र मापदण्ड तय गरेर संगठनहरुलाई अघि बढाउनुपर्ने धारणा पनि राखे । अहिले राजनीतिमा चरम भ्रष्टचारी प्रवृति हावी भएकाले जनताहरुको विश्वास गुम्दै गएको उनको भनाई छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले अव समाजवादको बाटोमा हिड्नुको बिकल्प नभएको बताए। उनले आगामी निर्वाचनमा बढि भन्दा बढि महिला उम्मेदवार खडा गरिने बताए।
उनले पार्टीलाई दरो बनाउदै मुलुकको बिकासको बाटोमा अघि बढाउनुपर्ने धारणा राखे।

-1786106234.jpg)

-1786106234.jpg)