जग्गा एकीकरणका कारण जनतालाई अन्याय हुन दिन्नौं : मन्त्री चौधरी

काठमाडौं, असोज १३ : शहरी विकासमन्त्री मेटमणि चौधरीले भक्तपुर नगरपालिकाले गरिरहेको देकोमिबा इतापाके जग्गा एकीकरण आयोजनाका कारण कसैलाई पनि अन्याय हुन नदिने स्पष्ट पारेका छन्।
बिहिवार देकोमिबा इतापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले आयोजनाका कारण धेरै स्थानीयहरु पीडित भएको गुनासो आएको भन्दै अन्यायमा परेकालाई मन्त्रालयले न्याय दिने प्रतिवद्धता जनाइ।
जनतालाई अन्याय गरि आयोजना अघि बढाए खारेज गर्न समेत मन्त्रालय पछि नपर्ने उनको भनाई छ । उनले मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनबारे बुझेर नगरपालिकाको सो आयोजनाबारे स्पष्टीकरण समेत धारणा राखे।
कार्यक्रममा संघर्ष समितिका पदाधिकारीहरुले आयोजनाका कारण आफुहरु पीडित हुदा पनि कसैले सुनुवाई नगरेको गुनासो गरेका थिए।
प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




