चाडपर्वमा आपूर्ति सहजीकरण र शान्ति सुरक्षामा विशेष ध्यान दिइन्छ : सिडीओ उपाध्याय

काठमाडौं, असोज १३ : काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चाडपर्वका बेला आपूर्ति सहजीकरण र शान्ति सुरक्षामा बिशेष ध्यान दिइने बताएका छन्।
तराई विकास तथा सञ्चार केन्द्रले बिहीबार काठमाडौंमा गरेको अन्तरक्रियामा उनले चाडपर्वमा बजार अनुगमन गर्दै आपूर्ति सहजीकरण र मूल्यको अवस्थामा बारेमा निरन्तर जानकारी लिइने बताएका हुन्।
उनले बाणिज्य बिभागसंगको सहकार्यमा अहिले पनि बजार अनुगमन भइरहको जानकारी दिए। शान्ति सुरक्षालाई प्रभावकारी बनाउन चाडपर्व लक्षित सुरक्षा योजना बनाइएको उनको भनाई छ।
उपाध्यायले उपत्यकाको सडक अवस्था, सार्वजनिक सवारीको अवस्था तथा उपभोक्ता हितका लागि सर्वपक्षित छलफल गरेर आवश्यक निर्णय गरिएको धारणा राखे।
त्यस्तै बिपत व्यवस्थापनका लागि पनि सवै पक्षलाई तयारी अवस्थामा राखिएको उनले बताए।
प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




