Kathmandu Press

अभिनेत्री थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित 

अभिनेत्री थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित 

काठमाडौं, असोज १३ : अभिनेतृ रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् ।

तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन्।

पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, असोज १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्