Kathmandu Press

काठमाडौंमा मेयर शाहले गरे नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक 

काठमाडौंमा मेयर शाहले गरे नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक 

काठमाडौँ, असोज १३ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद — २०७९ को ट्रफी सार्वजनिक गरेका छन् । ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको आयोजनामा प्रमुख शाहले ट्रफी सार्वजनिक गरेका हुन्।

सरकारले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ् ट्रफी निर्माण गरेको हो । यसको पहिलो सार्वजनिक भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए। १० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । यसमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ।  

राष्ट्रिय खेलकुद परिषद्ले यस पटक सबै प्रदेशका राजधानी, महानगरलगायतका ठाउँमा ट्रफी सार्वजनिक गरेको छ । 
खेलका कार्यक्रम असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछन् । शुभारम्भ र समापन पोखरा रंगशालामा हुनेछ । उद्घाटनमा राष्ट्रपति र समापन प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । 

खेलमा ३६ वटा प्रतियोगिता हुनेछन् । खेलमा प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश (एच), प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबाट सहभागिता हुनेछ । त्यसैगरी नेपाल आर्मी क्लव, नेपाल प्रहरी क्लव र एपीएफ क्लवले विभागीय टोलीका रुपमा खेल्नेछन् ।  

ट्रफी टुरमाखक्रिकेटका पूर्व कप्तान पारस खड्का, ओलम्पियन दीपक श्रेष्ठ, महिला भलिवल खेलका कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई छन्। 

प्रकाशित मिति: १२:१० बजे, बिहीबार, असोज १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्