रवीन्द्र मिश्र काठमाडौं–१ बाटै उठ्ने
अघिल्लो निर्वाचनमा पनि विवेकशील साझा पार्टीबाट सोही क्षेत्रमा उठेका मिश्रले शुक्रबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नेछन् ।काठमाडाैं, असाेज १३ : बुधबारमात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नं. १ बाटै निर्वाचन लड्ने भएका छन् ।
अघिल्लो निर्वाचनमा पनि विवेकशील साझा पार्टीबाट सोही क्षेत्रमा उठेका मिश्रले शुक्रबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नेछन् ।
पार्टी प्रवेशसँग वरिष्ठ उपाध्यक्ष बनेका मिश्रलाई राप्रपा तेस्रो वरीयता दिएको छ। अघिल्लो पटक तराजु चुनाव चिन्हमा लगेका मिश्र यो पटक हलोबाट लड्दै छन्।
अघिल्लो पटक उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए। सिंहले १० हजार ९ सय ३७ मत ल्याउँदा दाेस्राे भएका मिश्रले १० हजार १ सय १८ मत ल्याएका थिए।
प्रकाशित मिति: १०:५२ बजे, बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




