कस्तो छ आगामी तीन दिनको मौसम?
मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेकाले आगामी तीन मौसम सामान्यता सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौं, असोज १३ : मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेकाले आगामी तीन मौसम सामान्यता सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल प्रदेश १ लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेश र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, असोज १४ गते देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिक बदली रहने विभागले जनाएको छ।
यस्तै, असोज १५ देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिक बदली रहने विभागले जनाएको छ।

-1786106234.jpg)




-1786106234.jpg)




