बडादशैंको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा गरिँदै
नवरात्र अर्थात बडादशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै छ।
काठमाडौं, असोज १३ : नवरात्र अर्थात बडादशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै छ।
नवदुर्गा भगवतीको चौथो रूपमा कुष्माण्डालाई लिइन्छ। ब्रह्माण्ड उत्पत्तिको कारक रुपमा पनि मान्ने गरिन्छ।
सिंहमाथि सवार कुष्माण्डाका अष्टभुजामा कमण्डलु, कलश, धनु, बाण, कमल, चक्र र गदा आदि शस्त्र–अस्त्र रहेका हुन्छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विविध प्रकारका कष्ट निवारण हुने धार्मिक विश्वास छ।
बडादशैंका हरेक दिन एक–एक देवीको पूजा गरिन्छ।पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता छ।
त्यसैअनुसार, पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिएको छ भने आज चौथो दिन कुष्माण्डाको पूजा गरिँदै छ।

-1786106234.jpg)




-1786106234.jpg)




