Kathmandu Press

प्रतिपक्षी एमालेले बोलायो सचिवालय बैठक

अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो । बिहीबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमालेले जनाएको छ ।
प्रतिपक्षी एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, असोज १२ : नेकपा एमालेले सचिवालय बैठक बोलएको छ ।

अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो । बिहीबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमालेले जनाएको छ ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दा एमालेले बैठक बोलाएको हो ।

बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबाट छलफल गरि टुंगोमा पुग्ने एमाले तयारी छ । विभिन्न दलहरुसँग चुनावी तालमेल गर्नेबारे छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति: २०:३२ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्