लोसपाकी नेतृ चौधरी कांग्रेसमा प्रवेश
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई स्वागत गरेका हुन् ।
काठमाडौं, असोज १२ : लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई स्वागत गरेका हुन् ।
लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्थ ठाकुर निकट हुन् । उनी लोसपाबाट समानुपातिक सांसद भएकी थिइन् ।
यसपटक समानुपातिकमा नपरेपछि उनी काँग्रेसमा प्रवेश गरेकी हुन् ।
प्रकाशित मिति: १९:०३ बजे, बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)

-1786106234.jpg)