Kathmandu Press

अल्मुताइरीको राजीनामा स्वीकृत

करिब तीन साताअघि सामाजिक सञ्जालबाट राजीनामा घाेषणा गरेका अल्मुताइरीकाे राजीनामा असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले स्वीकृत गरेको हो।
अल्मुताइरीको राजीनामा स्वीकृत

काठमाडाैं, असाेज १२ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अबुल्लाह अलमुताइरीको राजीनामा स्वीकृति गरेको छ। असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको हो।

एसियन कप छनोट खेलेपछि कुवेतमै रहेका अल्मुतइरीले तीन साताअघि सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिम छाड्ने घोषणा गरेका थिए। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले प्रदीप हुगमागाईंलाई कार्यबाहक मुख्य प्रशिक्षक नियुक्त गरेपछि अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका थिए।

खेलाडीसँग विवादमा छानविन गर्न बनेको समितिले अल्मुताइरीलाई कारबाही गर्न सुझाव दिएको थियो । लगत्तै एन्फाले अल्मुताइरीको कारबाहीमा परेका सिनियर खेलाडीको काबराही फुकुवा गरेको थियो।

प्रकाशित मिति: १८:५७ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्