Kathmandu Press

‘समावेशी लोकतन्त्रमा आधारित समाजवाद प्रणालीतर्फ मुलुकलाई लैजानुपर्छ’

बुधबार समाजवादी विद्यार्थी युनियनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सम्मुन्तन समाजवादको तेश्रो धारलाई अघि बढाउन पार्टी केन्द्रित भएको समेत बताए।
‘समावेशी लोकतन्त्रमा आधारित समाजवाद प्रणालीतर्फ मुलुकलाई लैजानुपर्छ’

काठमाडाैं, असाेज १२ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समावेशी लोकतन्त्रमा आधारित समाजवाद प्रणालीतर्फ मुलुकलाई लैजाने बताएका छन्।

बुधबार समाजवादी विद्यार्थी युनियनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सम्मुन्तन समाजवादको तेश्रो धारलाई अघि बढाउन पार्टी केन्द्रित भएको समेत बताए।

आफुहरुले समाज रुपान्तरणको कुरालाई अघि बढाउन खोजे पनि केहि मान्छेहरु राजतन्त्रको वरिपरि घुम्ने प्रयास गरेको उनको भनाइ छ।

उनले अझै पनि संविधान अपूर्ण रहेको र संघीयतालाई बलियो बनाउन कठिन भइरहेको भन्दै मुलुक सुहाउँदो संसदीय प्रणाली अवलम्बन गर्नुपर्ने धारणा राखे।

उनले यसअघि जसपालाई बलियो बनाउन आफूले भूमिका खेलेपनि सो पार्टीको नेतृत्वमा रहेका व्यक्तिहरु क्षेत्रीय संरचनाभन्दा माथि उठ्न नसकेको आरोप लगाए।

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्