Kathmandu Press

देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्छ

चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरु चुकेका कारण जनतामा निराशा छाएको भन्दै उनले अब भने गम्भीर भएर देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रीत हुनुपर्ने बताएका हुन्।
देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्छ

काठमाडाैं, असाेज १२ : राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्ने बताएका छ। 

चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरु चुकेका कारण जनतामा निराशा छाएको भन्दै उनले अब भने गम्भीर भएर देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रीत हुनुपर्ने बताएका हुन्।

उनले राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गरेर नै मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखे। हिजो गरेका त्यागको कुरा मात्रै गरेर आज केहि नगर्ने प्रवृतिलाई पनि निरुहात्सित गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै उनले मुलुकको बिकासका लागि प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए। कर्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको छ।

प्रकाशित मिति: १७:५९ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्